६०% अनाथ बालबालिका र ४०% गरिव तथा जेहेन्दार विद्यार्थी पढ्ने श्री अंहिसावादी महावाैद्व माध्यमिक विद्यापीठ २०५५ सालमा स्थापना भएकाे थियाे । याे विद्यापीठ नवलपुर जिल्ला, विनय-त्रिवेणी गाउँपालिका वडा नं २, दाउन्नेमा पर्दछ । पहिलाे पटक यसै वर्ष उक्त विद्यालयबाट ६ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी छन् । त्यसमध्ये एकजना करार, एक जना राहत, एक जना बाल शिक्षा सहयाेगी र एकजना कार्यालय सहयाेगीले सरकारी तलव प्राप्त गरेका छन् भने बाँकी सबै विद्यालयले नीजिस्राेतमा राखेका शिक्षकहरुबाट अध्यापन गराउँदै आएकाे छ ।
यस विद्यालयमा यतिबेला ४१ जिल्लाका १४३ ( छात्र ७९ जना) जना विद्यार्थी अध्ययन रहिरहेकाे गाेरखा आरुघाटबाट पढाउन आएकी शिक्षक डिल्लीमाया तामाङले बताईन् । उनले यहाँ पढाउन थालेकाे पनि २२ वर्ष भईसकेकाे रहेछ । एसएलसीसम्म पढेकी उनले विद्यापीठकाे व्यवस्थापन पक्ष र कक्षा समेत लिने गर्छिन् । विद्यापीठमा पढाउनु अघि उनी युएनडीपीमा जागिरे रहेछिन् । आफ्नाे कमाईले भाइबहिनीलाई पढाइ लेखाइ गरी आफू भने बाैद्व शिक्षातर्फ आकर्षित भएपछि आङी भईन् । उनका अनुसार साे विद्यापीठबाट ज्ञान हासिल गरेका विद्यार्थीले यतिबेलासम्म भारतका विभिन्न विश्वविद्यालयहरुबाट बाैद्व दर्शनमा आचार्य गरेका रहेछन् । त्यसकाे संख्या दुई दर्जन बढी रहेछ । कतिपय विद्यार्थी काेरिया,चाईना लगायतका देशमा कामकाे खाेजीमा पुगेका छन् ।
स्थानीय पालिकाहरुमा वडा सचिव र सहायक ईन्जिनीयरका रुपमा समेत कार्यरत रहेछन् । वर्षकाे एकपटक मंसिरकाे ओैशीदेखि पूर्णिमासम्म विद्यापीठ नजिकै रहेकाे बाैद्व गुम्बामा धाञ्याचल पर्व मनाउने परम्परा छ । साेही अवसरमा यसै विद्यापीठमा पढेर देश/ विदेशमा रहनेहरुले सकेसम्म उपस्थित भएर सक्दाे सहयाेग गर्ने चलन समेत रहेछ । गुम्बामा उठेका दानबाट विद्यार्थीले आवासीय रुपमा बसेर भाेजन गर्ने रहेछन् ।
शिक्षकलाई तलवभत्ता दिईने चलन रहेछ । नाै वर्षिया माेनिका तामाङ उत्तरी धादिङ्बाट यही विद्यापीठमा कक्षा ३ मा पढ्न आएकी छिन् । उक्त पीठमा पढ्ने विद्यार्थीले कक्षा तीनदेखिनै बाटनै बाैद्व संस्कृति,संस्कार र त्रिपिटक पढ्नुपर्ने रहेछ । माेनिकालाई उनका बाबाआमाले वर्षमा एकपटक वार्षिक परीक्षापछि घर लैजाने गरि लिन आउँछन् । तर अनाथ विद्यार्थी भने गुम्बामा नै बसेर पाठ गर्दारहेछन् । १४ वर्ष उमेर पुगेपछि भान्सामा पकाउने र भाँडा माँझ्ने डिउटी लाग्दाे रहेछ । एउटा समूहमा पाँचजना विद्यार्थी समाहित हुँदा रहेछन् । उनीहरुले तरकारी काट्न,मसला पिध्न,चामल केलाउन र पकाउन सिक्दा रहेछन् । त्याे प्रयाेगात्मक सिकाईले जीवनाेपयाेगी शिक्षामा सहयाेग पुग्ने प्रधानाध्यापक सानीमाया तामाङले बताईन् ।
विद्यार्थी र शिक्षक सबैलाई विद्यालयले आवास र खानाकाे उचित प्रवन्ध मिलाएकाे रहेछ । यतिबेला भने विदेशी शिक्षकहरुले भाैतिक रुपमा उपस्थित भएर अध्यापनमा सहयाेग पुराउँदै आएका रहेछन् । स्थानीय पालिका, शैक्षिक सराेकार निकायहरुले सहयाेग गर्दै आएकाे तर कहिलेकाहीँ शिक्षकहरुलाई तलव र विद्यार्थीलाई खाेले खुवाउनु पर्ने अवस्था आउने रहेछ । नेपालमा गाैतम बुद्व जन्मिएका ,उनका ज्ञान संसारभर फैलाउन विद्यापीठमा धेरै विद्यार्थीलाई बाैद्व शिक्षा दिदै सुमार्गतिर उन्मुख गराउनु पर्नेमा शिक्षकहरुकाे जाेड थियाे । अध्ययनशील एवम् बाैद्व शिक्षा पढेका बाैद्वमार्गीकाे अभावका कारण नेपालका कुनाकाप्चामा समेत प्रसार गर्न नसकिएकाे विद्यापीठका गुरुका गुनासा छन् ।
प्रतिक्रिया