ताजा अपडेट »

सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगी गर्ने एक जना पक्राउ

विहीबार, २८ बैशाख २०८०, १८ : ५४
12 Shares
विहीबार, २८ बैशाख २०८०
12 Shares

काठमाडौं । सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्‍ने २० वर्षीय सृजन निरौला रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।