ताजा अपडेट »

जया बच्चनको भिलेन कमब्याक

विहीबार, २८ बैशाख २०८०, १२ : ४६
14 Shares
विहीबार, २८ बैशाख २०८०
14 Shares

मुम्बई । बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनी निर्माता तथा निर्देशक करण जोहरको मेगा बजेटको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मार्फत कमव्याक गर्न लागेकी हुन् ।

फिल्ममा उनी धर्मेन्द्र र शबाना आजमीजस्ता कलाकारसँग स्क्रिन शेयर गर्दैछिन् । यो फिल्ममा दर्शकले आलिया भट्ट र रणवीर सिंहको रोमान्स हेर्न पाउनेछन् ।

फिल्ममा जयाले रणवीरकी हजुरआमाको भूमिका निभाउदैछिन् । फिल्ममा पहिलोपटक जया भिलेन चरित्रमा देखिँदैछन् । यो कुराको खुलासा निर्देशन जोहरले गरेका छन् । जयाको चरित्र क्रुर हुनेछ । फिल्म यसै वर्षको जुलाईमा रिलिज हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।