ताजा अपडेट »

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनको प्रदर्शन

बुधबार, २७ बैशाख २०८०, १७ : ३१
40 Shares
बुधबार, २७ बैशाख २०८०
40 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै नागरिक अगुवा सडकमा आएका हुन् ।अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट  ढाकछोप भइरहेको उनीहरूको आरोप छ ।

उनीहरूले राजनीतिक नेतृत्वको दबावमा नझुक्न प्रहरीलाई आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।