ताजा अपडेट »

रुपन्देहीको सम्मरीमाईमा अध्यक्षका स्वकीयले रुख काटेर अवैध विक्रि गर्न लागेको आरोप

बुधबार, २७ बैशाख २०८०, १४ : ५०
63 Shares
बुधबार, २७ बैशाख २०८०
63 Shares

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा सडक विस्तारको क्रममा काटिएको रुख अवैध रुपमा चिरानका लागि मिलमा पठाएपछि विरोध भएको छ । गाउँपालिकाको वडा नम्बर–२ र ४ जोड्ने सडक निर्माणको क्रममा सडक विस्तारका लागि कल्भर्ट निमार्ण गर्नुपर्ने भएपछि सेमर जातको रुख काटिएको थियो ।

काटिएको उक्त रुख गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवका स्वकीय सचिव रामनयन वरुणले स्थानीय काठ मिलमा लगेर चिरानका लागि निर्देशन गरेको स्थानीयको आरोप छ । काटिएको ठाउँबाट करिब ५/६ सय मिटरको दुरीमा रहेको मिलसम्म ट्याक्टरमा लोड गरेर गोलिया काठ पुर्याइएको थियो । मिलेमतोमा विक्रि वितरण तथा आफ्नो व्यक्तिगत प्रयोजन गर्ने उद्देश्यले स्वकीय वरुणले विभिन्न साइजमा काठ चिरानका लागि अर्डर गरेको स्थानीय सन्दिप त्रिपाठीले ग्लोबल आवाजलाई बताए । यसैगरी वडा नम्बर २ का अध्यक्ष अजय कुमार गुप्ता वनियाले घटना बारे आफूलाई पूरा जानकारी नभएको बताउँदै काठ मिलमा लगिएको भन्ने खबर आफूलाई पनि प्राप्त भएको उल्लेख गरे ।

घटनाप्रति विरोध जनाउँदै स्थानीय निरञ्जन पाठकले सामाजिक सञ्जाल फेसबुकमा तस्विरहरु सार्वजनिक गरेका छन् । घटना बारे बुझ्नका लागि पटक–पटक प्रयास गरे पनि गाउँपालिका अध्यक्ष श्रीवास्तवसँग फोन सम्पर्क हुन सकेन । उनका स्वकीय वरुणले अध्यक्षको निर्देशन अनुसार नै रुख कटान गर्न लगाइएको स्वीकार गरे । बनगाई नहरमा सडक विस्तारका लागि कल्भर्ट बनाउनु पर्ने र त्यसका लागि रुख काट्नु पर्ने भएकाले काटिएको उनले बताए । आफूले गलत प्रयोगका लागि नभई सुरक्षित भण्डारणका लागि मिलमा लगिएको उल्लेख गरे । डिभिजन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले घटना बारे आफूलाई जानकारी आएको भएपनि वृस्तित बुझ्न बाँकी रहेको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।