ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव रायमाझी पार्टीबाट निलम्बित

बुधबार, २७ बैशाख २०८०, १४ : १९
41 Shares
बुधबार, २७ बैशाख २०८०
41 Shares

बुटवल । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी पार्टीबाट निलम्बन गरेको जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानूनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत्‌रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो ।’

पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई मँगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै रायमाझीलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरिएको एमालेले जनाएको छ । उक्त निर्देशन बमोजिम नभएको भन्दै एमालेले रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको टुङ्गो नलागेसम्मका लागि निलम्बन गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।