ताजा अपडेट »

चैतसम्मको मुद्रास्फीति ७.२८ प्रतिशत

बुधबार, २७ बैशाख २०८०, १२ : ५२
8 Shares
बुधबार, २७ बैशाख २०८०
8 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैतसम्मको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० को चैत महिनाको तथ्यांक सार्वजनिक गर्दै बैंकले चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।