ताजा अपडेट »

पीके रिमेकमा चिनियाँ चासो

बुधबार, २७ बैशाख २०८०, १० : ५१
20 Shares
बुधबार, २७ बैशाख २०८०
20 Shares

मुम्बई । अभिनेता आमिर खानको सुपरहिट फिल्म ‘पीके’को चिनियाँ भाषामा रिमेक हुने भएको छ ।

फेडरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीको मिडिया र मनोरञ्जन विभागले मुम्बईमा आयोजना गरेको एक कार्यक्रममा चिनियाँ फिल्म निर्माता तथा वितरक पाब्लो रेनाले ‘पिके’ चिनियाँ भाषामा रिमेक गर्ने जनाउ दिएका हुन् ।पाब्लो आमिरलाई आफ्नो प्रिय अभिनेता मान्छन् । ‘म आमिर खानको फिल्म ‘पीके’ रिमेक गर्न चाहन्छु । किनकी यो मेरा लागि ठूलो कदम हो । फिल्मले विश्वको वास्तविक जीवन दर्शाउछ । यो फिल्मले मलाई प्रेरित पनि गरेको छ’, उनले भनेका छन् ।

पाब्लोका अनुसार ‘दंगल’, ‘पीके’, ‘सिक्रेट सुपरस्टार’ र ‘अन्धाधुन’ जस्ता फिल्म चिनियाँ बक्सअफिसमा जबरदस्त हिट साबित भएका थिए । उनले अजय देवगन र अनिल कपूर स्टारर ‘टोटल धमाल’ आगामी महिना चीनमा रिलिज हुने जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।