ताजा अपडेट »

काँग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

बुधबार, २७ बैशाख २०८०, १० : ४३
26 Shares
बुधबार, २७ बैशाख २०८०
26 Shares

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्वारीमा तीन दिवसीय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ । प्रदेशका १२ जिल्लाबाट करिब सय जना अगुवा कार्यकर्ताको सहभागिता रहने कार्यक्रमको पार्टी केन्द्रीय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्ने भएका छन् ।

वैशाख २९, ३० र ३१ गते प्रशिक्षण कार्यक्रम हुने भएको हो । नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण बिभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टीलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । कार्यकर्ता पङ्तीमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने कार्यक्रमको मूल लक्ष्य रहेको उनले बताए । काँग्रेसप्रतिको जनविश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नु पर्ने कुरामा उनले जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।