ताजा अपडेट »

अर्घाखाँचीमा आगो  निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु

बुधबार, २७ बैशाख २०८०, ०८ : ४८
10 Shares
बुधबार, २७ बैशाख २०८०
10 Shares

बुटवल । अर्घाखाँचीमा आगो  निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको हो ।घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।  ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा विहान ७ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ।अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।