ताजा अपडेट »

लुम्बिनीको मन्त्रीपरिषद्ले शुक्रवार भित्रै पूर्णता पाँउछः प्रवक्ता पाण्डे

मंगलबार, २६ बैशाख २०८०, १३ : ०६
28 Shares
मंगलबार, २६ बैशाख २०८०
28 Shares

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा आयोजना गरेको कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बिस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणा सहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए ।

उनले नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने जिकिर गरे । उनले काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गर्ने बताए ।त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुन सुकै भष्ट्रचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले प्रदेश सरकार कानुनको अभावका कारण सोचे अनुसारको गति लिन नसकेको बताउदै अधुरा ऐन र कानुन निर्माणमा एमालेले सहयोग गर्ने जानकारी दिए । चौधरीले नेकपा एमाले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएकोे दाबी गरे ।

नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्यवनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । क्षेत्रीेले गठबन्धनको सरकार जनताप्रति उत्तरदायी भएर सुशासनको पक्षमा काम गर्न सुझाव दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा।दिनेश त्रिपाठीले नक्कली शरणार्थीमा दोषी ठहरिएमा जो कोहीलार्ई पनि कारवाही दायरामा ल्याउनुपर्र्ने जोड दिए । उनले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारी कति भष्ट्र छ भन्ने उदाङ्गो पारेको जिकिर गरे । त्रिपाठीले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।