ताजा अपडेट »

भारतमा लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

सोमबार, २५ बैशाख २०८०, १४ : ४७
39 Shares
सोमबार, २५ बैशाख २०८०
39 Shares

नयाँ दिल्ली। भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो । 

हनुमानगढका एसपी सुधीर चौधरीका अअनुसार दुई महिलाको घटनास्थलमै र अर्काे एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् । 

घाइते तीनजनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।