ताजा अपडेट »

कांग्रेस नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

सोमबार, २५ बैशाख २०८०, ११ : २५
22 Shares
सोमबार, २५ बैशाख २०८०
22 Shares

काठमाडौं । राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग शाहीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । सोमबार राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर रायमाझीको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेका सांसद उठे । अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए ।  

यसपछि श्रेष्ठले चालु अधिवेशनको पहिलो बैठक सोमबार कांग्रेस नेता रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीलाई जोडेर दिएको अभिव्यक्तिको आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनको मागअनुसार अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने र जानकारी गराउने बताए । 

यसपछि एमाले सांसदहरु आ–आफ्नो सिटमा बसेपछि अहिले बैठक चलिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।