पेरु । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुदाँ २७ कामदारको मृत्यु भएको हो ।प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा बिधुतीय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।
सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।
प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।
प्रतिक्रिया