ताजा अपडेट »

संसदमा उठ्यो सबै भ्रष्टाचारका प्रकरणमा छानबिनको माग

आइतबार, २४ बैशाख २०८०, १६ : ३८
47 Shares
आइतबार, २४ बैशाख २०८०
47 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने बताएका हुन् । 

हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।