२०६३ सालको मध्यान्तरको समय थियो । जनमुक्ति सेना, नेपाल को चौथो डिभिजनको अस्थायी बेश क्याम्प/मुख्यालय रहेको झ्यालटुङ्ग डाडाँ नबलपरासी बाट बिदाबारी भए पछि म, बुटवल हुँदै पोखरा पुगे । त्यहाँ मेरा केही प्रगतिशील पुस्तक, कमब्याट ड्रेस, केही अरु थप लत्ताकपडाका अलावा जनमुक्ति सेना, नेपाललाई बुझबुझार्थ गर्नुपर्ने हिसाबकिताब थियो ।
त्यसै सिलसिलामा म सैन्य हेडक्बाटर बाट बिदाबारी भएको भए पनि घरमा नगई सिधै पोखरा पुगेको थिए । पोखरामा गर्नुपर्ने सबै काम सकेर म बेलुकी नै पाल्पाको तानशेन स्थित बुटवलका लुम्बिनी दैनिकका पूर्व प्रधान सम्पादक कर्ण बहादुर कार्कीको घरमा बास बस्ने गरि हिडेको थिए । तर बाटोमा गाडी खराब भएकोले बिहान मात्रै उहाँ संङ्ग मेरो भेटघाट भयो । हामीले उहाँको घरमै सँगै बिहानको चिया पियौ । जनयुद्धको अवधी भर बुटवल स्थित उहाँकै घरमा रहेको प्रिन्ट्रिङ्ग प्रेस बाट कैयौं अपिल, नयाँ बिचार मासिक, मधेसी गर्जन मासिकका अलावा पहिला भुमिगत समयमा लखनउबाट प्रकाशित हुँदै आएको जनादेश साप्ताहिक पत्रिका नियमित प्रकाशित हुने गर्दथे ।
कैयौं पटक उहाँले आफ्नै गाडीमा राखेर ती अपिल वा पत्रपत्रिकाहरु माओवादी पार्टीका सम्पर्क पोस्टहरुमा पुर्याउने गर्नु हुन्थ्यो । कुरा यति मात्रै होइन, कैयौंपटक माओवादी पार्टीले आयोजना गरेका आमसभा, विचार गोष्टी, अन्तरक्रियाका अलावा कैयौं जनयुद्धसँग सम्बन्धीत अत्यन्तै जरुरी कामको संयोजन गर्ने कामका लागि उहाँ लाई नै जिम्मेवारी दिने प्रचलन थियो । उहाँले पार्टीले दिएको काम ज्यादै उत्शाहका साथ सबै जोखिम मोलेर पूरा गर्ने गर्नु हुन्थ्यो । लुम्बिनी र बिशेषत: रुपन्देही जिल्लाका संचारकर्मी र बुद्धिजीवीहरुलाई जनयुद्धको पक्षमा उभिन प्रेरित गर्ने कुरामा उहाँको महत्त्वपूर्ण भुमिका रहने गरेको थियो । त्यस प्रकारको सहयोगमा उहाँ मात्रै होइन उहाँको छोरा सरोज कार्की र उहाँको सम्पूर्ण परिबारको महत्त्वपूर्ण योगदान रहेको थियो । त्यो परिबार संङ्ग मेरो अत्यन्तै घनिष्ट समन्ध रहिआएको थियो ।
त्यसरी त्यो परिबार सँग मेरो ब्याक्तिगत रुपमा राम्रो समन्ध हुनुका पछाडि निम्न कारण हरुले काम गरेका थिएः पहिलो म प्रबाशमा बस्दा लुम्बिनी दैनिक बुटवल, देशमा निरकुंश तानाशाही पंचायती बेबस्थाको समयमा हुलाक मार्फत प्रबाशमा जाने गर्दथ्यौ । त्यो पत्रिकाको प्रथम प्रधान सम्पादक कर्ण बहादुर कार्की नै हुनुहुन्थ्यो । र त्यो पत्रिकाले त्यो बेला घुमाउरो भाषा शैलीमा भए पनि राजाको निरकुंश पंचायती तानाशाही बेबस्थाको अन्त्य र बहुदलीय बेबस्थाको स्थापना का लागि त्यसका संपादकिय र लेख/रचनाहरु प्रकाशित हुने गर्दथे र त्यसले हामीलाई धेरै ठुलो उर्जा दिने गर्दथ्यौ । दोश्रो, म नेपाल आए पछि त्यो पत्रिकाका लागि नियमित जसो आफ्ना लेख/रचना हरु पठाउने गर्दथे । त्यही सिलसिलामा मेरो भेट कर्ण बहादुर कार्कीसँग बुटवलमा भएको थियो । त्यो बेला त्यो पत्रिकाका कार्यकारी सम्पादक पं. बाबुराम भट्टराई हुनुहुन्थ्यो ।
तेस्रो, त्यहीँ चिनजान कै कारण जनयुद्धको अवधी भर उहाँ र उहाँको परिवारका सदस्यहरु सँग रहेर लखनउबाट प्रकाशित हुँदै आएको, माओवादी पार्टीको मुखपत्र जनादेश साप्ताहिक बुटवल ल्याउन र नियमित प्रकाशन गर्न सम्भव भएको थियो । चौथो, जनयुद्धको अवधी भर कार्की परिवारले सबै प्रकारका चुनौति र जोखिमहरु मोलेर जनयुद्धको विकाश र विस्तारका लागि अघोषित रुपमा मद्दत गरेको थियो । पाँचौ, कैयौंपटक कर्ण बहादुर कार्कीले मलाई दुशमनका फौजी मोर्चा हरु बाट बचाउ आफ्नै गाडीमा जहाँ भन्यो त्यही पुर्याउने काममा कहिल्यै पनि नाइ नास्ति गर्नु भएन ।
छैटौं, जनमुक्ति सेना, नेपालद्वारा म्यादी जिल्लाको सदरमुकाममा रहेको नेपाली सेनाको बेश क्याम्प माथि आक्रमण हुदाँको रात्री म उहाँकै घरमा रहेको थिए र हामी त्यो रात भर पुरै जागेर त्यहाँको रिपोर्ट लिइरहेका थियौं र त्यो रात जनमुक्ति सेना, नेपालले गरेको युद्ध प्रगतिलाई लुम्बिनी दैनिकको मुख्य समाचार बनाउने तयारी गर्दै थियौं । तर, बिडम्बना ! त्यो दिन लुम्बिनी दैनिकको प्रेस खराब भएकोले हामीले त्यस रातको बेनी आक्रमणको सम्पुर्ण समाचार कर्ण बहादुर कार्की मार्फत मेचिकाली दैनिकका प्रधान सम्पादक बसन्तराज खनाललाई दियौं र अर्को दिन बिहान उहाँले आफ्नो पत्रिकामा मुख्य समाचार बनाएर प्रकाशित गर्नु भएको थियो । त्यस प्रकारको फौजी संघर्षको मुख्य समाचार बनाउने, त्यो दिनको देशकै पहिलो पत्रिका मेचिकाली दैनिक बुटवल बनेको थियो । सातौं, स्वयम् कर्ण बहादुर कार्कीको पनि सामन्यतया देशमा माओवादी को नेतृत्वमा चलिरहेको जनयुद्ध र बिशेषत: डा . बाबुराम भट्टराईसँगको समिप्यताले पनि हामीलाई सबै प्रकारको सहयोग गर्न प्रेरित हुनु भएको थियो । यही कारण थियोे कि देश शान्ति प्रक्रियामा प्रबेश गरे संङ्गै म युद्धको रापताप कै बीचमा उहाँ लाई भेट्ने उदेश्यले उहाँको निवासमा पुगेको थिए ।
त्यसरी उहाँको निवासमा पुग्नु र भेटघाट गर्नुका पछाडि मुख्यतया: दुई बटा कारणले काम गरेको थियो । पहिलो, जनयुद्धको उहाँले गरेको प्रत्यक्ष र अप्रत्यक्ष विशेष योगदानका लागि आफ्नो तर्फबाट धन्यवाद । दोश्रो, यस समग्र प्रक्रियामा हामी खुला हुन नसक्ने र उहाँ पुरै भुमिगत हुन नसक्ने स्थिति रहेको थियो । त्यसको बाबजुद पनि देश गोल मेच सम्मेलन, अन्तरिम संविधान, अन्तरिम सरकार, संविधान सभा र संविधानसभाबाट नयाँ संविधान जस्ता सबालमा एकाकार हुँदै गहिरहेको थियो । राजनैतिक/वैचारिक/नीतिगत स्पष्टता देशका प्रमुख राजनैतिक दलहरुको बीचमा अझै आइसकेको थिएन । २०६२ चैत्र २६ को दिन माओवादीले एक तर्फी युद्ध बिराम गरे पछि देशको राजनीतिमा केही खुकुलो बाताबरण बन्दै गएको थियो ।
देशका संसदवादी राजनैतिक दलहरुले पनि एक्लै लडाइँ जितेको अवस्था थियन । माओवादी पार्टीले पनि एक्लै युद्ध जितेको अवस्था थियन । देशका राजा वा राजावादी तत्वहरु पनि धेरै ठुलो असम्यजस्यतामा रहेका थिए । जनयुद्धको जग र सात राजनैतिक दलहरुको बीचमा भएको १२ बुंदे राजनैतिक सहमतिको आडमा भएको संयुक्त जनआन्दोलनले राजनैतिक परिवर्तनका ऐजेण्डाहरुलाई संस्थागत गर्ने समझदारी बने पछि देशमा परिवर्तनको पक्षमा रहेका बहुसंख्यक जनसमुदायहरु पनि परिवर्तन प्रति फुरुङ्ग हँदै जनयुद्ध र संयुक्त जनआन्दोलनमा सहभागी भएका थिय । जनमुक्ति सेना, नेपालका सबै बाहिनीहरुले अस्थायी बेश क्याम्पमा बस्ने तयारी गर्दै थिय । राजनैतिक परिस्थिति ज्यादै तरल थियो । गाउँमा रहेका ८० प्रतिशत भन्दा बढी मानिस हरुलाई संविधानसभा र संविधानसभाबाट जन संविधान भनेको के हो ? यो कसरी बन्छ र कस्ले बनाउछ, केही थाहा थियन ।
जनमुक्ति सेना, नेपाल र नेपाली सेनाको मध्यस्थता संयुक्त राष्ट्र संघले खटाउने अनमिनले गर्ने सैद्धान्तिक र नीतिगत सहमति भएको भए पनि उ नेपाल आइसकेको थिएन । इतिहासकै अभुत पूर्व र असाधारण अन्यौल नेपाली समाजमा थियो । तर , दस वर्षे जनयुद्धको जग र १२ बुंदे सहमतिको आडमा भएको २०६२/६३ को संयुक्त जनआन्दोलनले स्पष्ट दिशानिर्देश गरेको कुरा के हो भने देशमा, एकात्मक केन्द्रिकृर्त शाहवशिय राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा अनिवार्य बनाइ दिएको थियो । देशमा चारै तिर युद्धको रापताप बरकरार थियो । माओवादी पार्टीको नेतृत्वले भित्र सात डिभिजन सेना र बाहिर २१ डिभिजन सेना निर्माणको अवधारणा अगाडि सारेको थियो । देशका संसदवादी सात राजनैतिक दलहरु पनि बिद्रोही माओवादीको आड पाए पछि परिवर्तन प्रति फुरुङ्ग भएका थिय । देशी तथा विदेशी शक्तिहरु पनि त्यस प्रकारको युगान्तकारी परिवर्तनका लागि भएको क्रान्तिले कुन मोड लिने हो भनेर ज्यादै चासोका साथ हेरिरहेका थिए । यिनै हालात र परिबेशमा मेरो भेटघाट बुटवलका वरिस्ठ पत्रकार कर्ण बहादुर कार्कीसँग भएको थियो ।
भेटघाटको मुख्य उदेश्य
माथि पहिला नै भनियो म, युद्धको रापतापबाट, त्यो पनि जनमुक्ति सेना भित्र नै रहेर, युद्धका विभिन्न मोर्चाहरु सम्भाल्दै सक्रिय, फोजि मोर्चाका कैयौं लडाइँमा सहभागी भएर आएको थिए । तर, इतिहासकै यत्ति धेरै कठिन, कडा, संघर्ष, त्याग, तपस्या, बलिदान, जेलनेल, हजारौं हजार प्रहरी दमन, भुमिगत जीवन मात्रै होइन हजारौं हजार मानिस हरुको सरबस्बहरण, दुखः कष्ट, का भुमरीमा परेर त्यसलाई छिछोल्दै जोगिएर आएको एउटा जिम्मेवार सिपाही भएको नाताले अबको राजनीतिले कुन मोड लिन्छ र हामी कहाँसम्म परिवर्तनको आकाक्षा लाई संस्थागत गर्न सक्छौँ, भन्ने कुरामा चिन्तित हुनु स्वाभिक नै हो ।
यसै भाव भुमिमा महिले लुम्बिनी दैनिकका पूर्व प्रधान सम्पादकलाई भेट गर्न खोजेको थिय । त्यो भेटघाटमा मेरो उहाँ सँग प्रश्न यस्तो थियो । हामी यस अवधीमा खुला हुन सकेनौं, तपाईं पुरै भुमिगत भएर जनयुद्धमा सामेल हुन सक्नु भएन, त्यसको बाबजुद पनि हामी एक अर्को बीचमा परिपुरकको भुमिका निर्बाह गर्याै । अब देश कसरी अगाडि बढछ होला ? “ उहाँको सटिक जबाफ यस्तो थियो “नारायण भाइ ! –“ सात सालमा क्रान्ति भएको थियो, त्यो क्रान्तिले बढीमा १५ हजार मानिस हरुको समस्या लाई संबोधन गर्याै । २०४६ सालमा क्रान्ति भएको थियो, त्यो क्रान्तिले २५ हजारदेखि ७५ हजार जति मानिस हरुको समस्या लाई संबोधन गर्याै । दस वर्षे जनयुद्ध र २०६२÷६३ को जन क्रान्तिले मेरो विचारमा बढीमा पाँच लाख मानिसहरुको समस्या हरुको सम्बोधन गर्ला, समग्रमा एक थान किताब लेखियो भने त्यो ज्यादै ठुलो कुरा हुनेछ ।” भनेर उनले लामो सास फेरे ।
पुनः म प्रश्न तेर्साएर भने–“तपाईं यस्तो किन भन्नू भएको । उनले पुन आफ्नो कुरा दोहोराउदै भने –“नारायण भाइ ! मान्छे हरु यिनै हुन, प्रवृृत्ति यही हो, यी मानिसहरु ध्वंंसका लागि योग्य नै हुन, सबै भोका नाङ्गा छन, यस पालिको क्रान्तिमा पनि एक्लै बिजय हासिल कसैलाई पनि भएको छैन । कांग्रेस– एमालेहरु सत्ता संचालनमा पोख्त छन । तपाईहरु लडाइँमा सिपालु हुनुहुन्छ तर सत्ता संचालनको अनुभव नभएको मानिस हरु नै हो । जसरी एउटा लोहारले आफ्नो नाङ्गो हातले आगोमा तातेको फलाम लाई समात्न सक्दैन ठिक त्यही अबस्था तपाई हरुको हो, त्यसैले माओवादी नेतृत्वले बढीमा कांग्रेस– एमालेको चित्त बुझाएर जनताको होइन, आफ्नै लागि भए पनि एक थान किताब लेख्न सकेको खण्डमा उसलाई बधाई र शुभकामना दिए हुन्छ तर त्यो संभावना पनि धेरै कम रहेको छ ।”
उनको यस्तो कुरा सुने पछि म एकै छिन त धेरै अग्लो रुखको हागाँबाट खसेको घाइते जस्तै भए । किनकि म यति लामो भुमिगत जीवन हुँुदै सक्रिय युद्धको प्रक्रियाबाट गुज्रिएर आएको थिए र परिवर्तन प्रति आसाबादी रहेको थिए । पछि बिस्तारै सोचे ! – यी शहरिया पेटी बुर्जुवाहरु बास्तब सुधारवादी प्रकृतिका हुन्छन् । यिनीहरुले क्रान्तिको नियमलाई बुझ्दै बुझ्दैनन र बुझ्न पनि चाहादैनन । यस्तै नमिठो अनुभुती सहित बिना कार्की निवासबाट बिदा भए ।–(प्रकाश उन्मुख पुस्तक परिवर्तनका पाइलाहरुबाट)
प्रतिक्रिया