ताजा अपडेट »

'तिम्रो यादमा' बोलको गजलमा योगेश काजी

आइतबार, २४ बैशाख २०८०, ११ : ४८
104 Shares
आइतबार, २४ बैशाख २०८०
104 Shares

काठमाडौं । तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल 'नन्दु'को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ । पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् । 

अमेरिकामा रहेका गीतकार 'नन्दु'का यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार 'नन्दु'ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

https://youtu.be/IKSHfot5iAg
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।