ताजा अपडेट »

सेयर बजार दोहोरो अंकले वृद्धि

विहीबार, २१ बैशाख २०८०, १६ : १७
38 Shares
विहीबार, २१ बैशाख २०८०
38 Shares

काठमाडौैं । चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ । 

बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ । यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ ।

बिहीबार १६२ कम्पनीको मूल्य बढ्दा ५० वटा कम्पनीको ओरालो लागेको छ भने ६ वटा स्थिर रहेका छन् । १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।