समय परिवर्तनशिल छ, परिवर्तन सँगै समाजका मानवीय आयामहरु पनि परिवर्तन हुँदा रहिछन् । बाल्यपन हरेक मान्छेको लगभग एउटै नै हुने रैछ विस्तारै युवापनमा केही ईच्छा आकांक्षामा बदलाव हुने रैछ पच्चीस पछि परिपक्वतामा आधारित मानवीय जिवनशैली निर्माण हुने रैछ । घर, परिवार, पेशा–आम्दानी, जिवनको गन्तव्य तय गर्न मानिस भागदौड गर्दो रहेछ साठी पछि अधिकांश बृद्ध अवस्था सुरु हुने रैछ । अझै फिलहालको समयलाई इंगित गर्ने हो भने मानवीय आहार विहारका कारण बृद्ध अवस्थाका मानिसमा पर्न गएका असंख्य अस्वस्थताका कारण मानिसको जिवनशैलीमा असहज परिस्थती पैदा हुँदो रैछ ।
बुटवल देवीनगरको बर पिपल चौपारीमा आराम गर्दा बखत उब्जीएका अनायसै जिवन सोपानले मानवीय स्वभाव, जिवनशैली, समाज र परिवर्तनलाई नियाल्न निकै उद्धेलित गर्यो । मस्त र व्यस्त सडक चौतर्फी जनघनत्वको प्रभाव बिच देवीनगर चौपारी टमक्क भरिएको थियो । प्राविधिक सहायकको परीक्षा दिन आएका विभिन्न जिल्लाका युवा युवतीहरु तराइको गर्मी छल्दै चौपारीमा शितलपन अनुभती गरीरहेका थिए । अर्घाखाँचीबाट आएका एक विद्यार्थीले चौपारीको महत्वको चर्चा गर्दै स्थानीय बासीलाई धन्यवाद दिनसम्म भ्याय । वास्तवमै चौपारी आसपास बसोबास गर्ने आम समुदायले चौपारी निर्माण गरेर सत्कर्म गरेको बाहिर जिल्लाबाट आएका नागरिकले बताउँदै थिए ।
मिजासिलो गफगाफ चल्दै थियो म सुनिरहेको थिए सामान्यतह २०५८ सालदेखि मैले चौपारीलाई राम्ररी बुझेकोे थिए बाहिरी जिल्लाका साथिहरुले चर्चा गर्दा खुसी हुनु स्वभाविक पनि थियो । केही क्षण पछि एक जना बृद्धको आगमन भो । मेरो नजिक आएर बस्नु भो एक हातमा लौरो थियो अर्को हातमा पुस्तक थियो म अचम्म पर्नु स्वभाविक पनि थियो किनकी मैले पुस्तक बृद्ध मानिसको हातमा नदेखेको थुप्रै भैसकेको थियो । फेरि माझगाउँ निवासी एक जना भुपु भारतीय सैनिकबाट अवकाश प्राप्त व्यक्ति मेरो देब्रे पट्टी आएर बस्नु भो । बृद्धहरुको बिचमा परे आउना साथ उहाँको पहिलो शब्द नमस्कार थियो सम्भवतः मेरो दाहिने पट्टी बस्ने अर्को पुस्तक वाला बुवालाई थियो नमस्कार फर्कियो म प्रष्ट भए । सरकारमा रबि लामिछानेको ईन्ट्री वा प्रतिपक्ष यही विषयबाट दुबै बृद्धको बहस सुरु भयो । आफ्नै ध्यानमा रहेका युवा र केही मानिस बहसतिर केन्द्रित भए म भने मौन नै रहे ।
झन्डै चौविस सालदेखि अनवरत्न कम्युनिष्ट आन्दोलनमा सरिक भएका, रुपन्देही उद्योग व्यापार संघका परिकल्पनाकर ती पुस्तक हातमा लिने बृद्ध किशोर ज्ञवाली रहेछन् हाल एमालेका जिल्ला सल्लाहकार पनि रहेछन् । ऋषिकेश शाह बारेको पुस्तक रहेछ पुस्तकले परिचय गरायो । पुस्तक पठनको क्रान्तिका सर्जक पनि हुन कि झै लाग्यो । एकाएक मौनता बिष्फोट भयो र संबाद जारी रहयो । हुन त आफैले आफैलाई प्रशंसा गर्नु कति औचित्यपुर्ण होला ? म यसै जान्दिन तर मान्छे अनुसारको प्रश्न अथवा मेरो शैली प्रति धैरै आकर्षित हुने गरेका छन । पुस्तक पठन सम्बन्धमा निकै बेर चर्चा गरियो । हुन त राष्ट्रिय स्तरका पुस्तक जात्रा कार्यक्रमले पनि समाजलाई शिक्षित गराइरहेको छ सायद ति बृद्धको पनि त्यही सन्देश हुन सक्छ ।
वर, पिपलको सितल पवनले आनन्द दिईरहेको थियो । नजिकै प्रहरी बिट, नबिन स्कुल, जोडिएकै लुम्विनी वाणिज्य क्याम्पस अझै गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजाबाट बसाईसराई गरी आएका समुदायले देविनगरको सामाजिक विकासलाई समृद्ध तुल्याउन योगदान पुयाईरहेको आवास महसुुुश हुनथ्यो । बढ्दो जनसंख्या र सहरिकरणका कारण सार्वजनिक जग्गाको अभाव मुख्यतः सहर बजारमा देखिने गरेको छ । पाटी, पौवा, चौतारो आवश्यक रहेछन । वर, पिपल, स्वामी जस्ता रुखहरुको वैज्ञानिक महत्व रहेछ । सुन्दर सहर बनाउने नाममा पुराना भग्नाबसेस, बोट बिरुवा, चौपारी मास्ने गरेका छौं । यसलाई संरक्षण गर्ने दाहित्व हामिले लिनुपर्छ ।
चिया पसल, चौपारी, चौतारो अभिव्यक्ति स्वतन्त्रताको आँगन हो लुकेका, लुकाउन खोजिएका, व्यक्त गर्न नसकिएका कुरा उजागर गर्ने स्थल पनि हो । मित्रता, सम्बन्ध, शिक्षा आर्जन गर्ने थलो पनि हो । तनाव, थकान, आवेगलाई नियन्त्रण गर्न आराम गर्ने थलो पनि हो । यस्ता सार्वजनिक स्थलहरुले परिचय बिस्तारसँगै खोज अनुसन्धानलाई टेवा पुयाउन सक्दछ । सामाजिक विकासका लागि एकजुुट हुन प्रेणा समेत प्रदान गर्दछ । तसर्थ सार्वजनिक स्थललाई संरक्षण र व्यवस्थित गर्न स्थानीय, प्रदेश र केन्द्र सरकार कटिबद्ध हुनुपर्छ ता की युवा, महिला, अशक्त, अपाङ, ज्येष्ठ, बृद्ध बुवा आमा फुर्सदको समयमा चौपारीमा बसेर बस्तीबियालो गर्न पाउँन ।
प्रतिक्रिया