ताजा अपडेट »

द भ्वाइस अफ किड्स : मुगुमा कर्णालीकी भान्जी जिताऔँ अभियान

विहीबार, २१ बैशाख २०८०, १२ : ०१
92 Shares
विहीबार, २१ बैशाख २०८०
92 Shares

मुगु ।  नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’की प्रतिस्पर्धी झापा बिर्तामोड नगरपालिका–३ चारपानेकी नेहारिका खड्कालाई भोट माग्न मुगुमा ‘कर्णालीकी भान्जी जिताऔँ अभियान थालिएको छ । 

मुगुबमे खत्याड गाउँपालिका–११ लुई रातापानीका आमा प्रतिभा कार्की बुबा नेत्र कार्कीकी ८ वर्षीया छोरी नेहारिका कार्कीलाई सेमिफाइनल प्रवेशसहित उपाधि दिलाउन मुगुवासीले कर्णालीकी भान्जी जिताऔं अभियान थालनी गरेका हुन् । 

पत्रकार सम्मेलन गरेर नेहारिका मुगुको मात्र नभई समग्र कर्णालीकै भान्जीको रुपमा हेरेर ‘नेहारिका खड्का अर्थात् कर्णालीकी भान्जी जिताआँै अभियान’ सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटिी सदस्य मदन बाँनियाले बताए ।  

नेहारिकालाई उपाधि दिलाउन मुगुमा एमाले, कांग्रेससहित राजनीतिक दल, सामाजिक संघसंगठन सक्रिय हुँदै नेहारिकाको पक्षमा भोट मागेका छन् । नेहारिकाका बुबा नेत्र खड्का हाल अस्ट्ररियामा छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।