ताजा अपडेट »

राष्ट्रपति पौडेलद्वारा पहिलो पटक अध्यादेश जारी

बुधबार, २० बैशाख २०८०, १६ : २४
38 Shares
बुधबार, २० बैशाख २०८०
38 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी गरेका छन् ।राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक बुधबार पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।