काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् ।
कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई गुल्सन झाले आशा जगाएका छन् । उनले ५३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४६ रन जोडेका छन् । नेपालले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ ।
प्रतिक्रिया