बुटवल । एसिसी प्रिमियर कपको फाइनलमा खेल लगातारको वर्षाका कारण स्थगित भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि आज खेल हुन सक्ने सम्भावना छैन । त्यसैले खेलाडी झोला बोकेर डग आउटबाट फर्किएका छन् ।
मंगलबार युएईले बिहान ९ बजे १०६/९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसके ओडिआई वरियताका आधारमा नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।
नेपालका स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक नजिक थिए । युएईका आसिफ खान सर्वाधिक ४६ रनमा आउट भए । उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भएका थिए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाक्न बोलाएका थिए ।
चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिम र आर्यन लाक्राले १७ रनको साझेदारी गरेका थिए ।
यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।
आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।
स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१/५ को दयनीय अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि आसिफ खान र बसिल अहमिदले ३९ रनको साझेदारी गरेका थिए । गुलशन झाले २३ औं ओभरको पाँचौं बलमा बसिललाई १० रनमा बोल्ड आउट भए । उनी एज लागेर बोल्ड हुन पुगेका थिए । सन्दीप लामिछानेको २६ औं ओभरको चौथो बलमा आयन खान डिप स्क्वायर लेगमा कुशल मल्लबाट ५ रनमा आउट भए ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले ४ दशमलव ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएका छन् । सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिएका छन् । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिएका छन् ।
एको छ ।
प्रतिक्रिया