ताजा अपडेट »

वर्षाले फेरि रोकियो नेपाल र यूएईबीचको खेल

सोमबार, १८ बैशाख २०८०, १३ : २३
52 Shares
सोमबार, १८ बैशाख २०८०
52 Shares

काठमाडौं। एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ। 

त्रिवि क्रिकेट मैदानमा २७ ओभरको बलिङ चलिरहँदा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ।  सोही ओभरमा युएईले नवौं विकेट गुमाएको छ। नेपालका बलर ललित राजवंशीले लगातार २ विकेट लिए। 

राजवंशीले २७औं ओभरको दोस्रो बलमा ४६ रन बनाएर खेलिरहेका आसिफ खानलाई आरिफ शेखबाट क्याचआउट गराए भने तेस्रो बलमा जाहूर खानलाई आरिफबाटै क्याचआउट गराए। योसँगै ललितले ४ ओभर बलिङ गरेर ३ विकेट लिएका छन्।  

नेपालका लागि अहिलेसम्म ललितले ३, करण केसी र सन्दीप लामिछानेले २–२ तथाा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।