ताजा अपडेट »

दिल्लीमा कविता सङ्ग्रह ‘अचेत सपनाहरू’को लोकार्पण

सोमबार, १८ बैशाख २०८०, ११ : ३२
163 Shares
सोमबार, १८ बैशाख २०८०
163 Shares

बुटवल । नेपाली सम्मेलन दिल्लीले लेखकरकवि श्रीमती नैना सुब्बा बराईलीको कविता सङ्ग्रह ‘अचेत सपनाहरू’ पुस्तक प्रमुख अतिथि दक्षिण एसियाली विश्वविद्यालयका प्रोफेसर डॉ. युवराज पोख्रेलको उपस्थितिमा नयाँ दिल्ली स्थित गोर्खा भवनमा अप्रिल ३० मा लोकार्पण कार्यक्रम सभ्यरूपमा सम्पन्न गरेको छ। यो उनको प्रथम संस्करण हो र अहिले यसमा ९९ सङ्ग्रह रहेका छन्।

कार्यक्रममा उपस्थित गणमान्य व्यक्तिहरूलाई उनको छोरी शिखा बराईलीले शब्दद्वारा स्वागत गरेका थिए । प्रमुख अतिथि डक्टर पोख्रेलले आफ्नो मूल्याङ्कमा भने ‘कविले समाजका सबै महत्वपूर्ण पाटो समेटे पनि हास्यव्यंग्यको पक्षलाई छोड्नुभएको रहेछ साथै विमर्शकर्तालाई भन्नुभयो कि यस सङ्ग्रहमा जति धेरै विवाद खोज्नु हुन्छ उतिनै पाठकहरूमा यसलाई पढ्ने जिज्ञासा बढ्छ।’ पुस्तकको विषयमा अल इण्डिया रेडियोबाट सेवानिवृत्त र संस्था अध्यक्ष विष्णु बहादुर गुरङ्ग तथा समाज सेवी एवं लेखक उत्तम क्षेत्रीले विस्तारमा विचार/विमर्श र विश्लेषण गरेका थिए।

सुभकामना र बधाई दिने क्रममा कविका पति जय कुमार बराईलीले ९० को दशकमा उनी पहिलो पटक दिल्ली आउँदा एउटा घटनाको जानकारी गराए । तत्कालीन साहित्य अकादमी र अकादमीमा नेपाली भाषाको स्थितिबारे पनि चर्चा गरेका थिए। उक्त कार्यक्रमको संचालन अल इण्डिया रेडियोकी उद्घोषिका श्रीमती रञ्जना खब्बास र कार्यक्रमको अध्यक्षता विष्णु गुरूङ्गले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।