ताजा अपडेट »

एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

सोमबार, १८ बैशाख २०८०, १० : ३९
20 Shares
सोमबार, १८ बैशाख २०८०
20 Shares

काठमाडौं । एसियन लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा साेमबार हुँदै छ ।  बाराकाे सिमरामा हुन लागेकाे साधारणसभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गरिने छ ।साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि एसियन लाइफले वैशाख ८ गते बुक क्लोज गरिसकेको र वैशाख ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।