"हा हा हा… ", मज्जाले हाँस्यो लक्ष्मण ।अनि आफ्नो मोवाइलमा अनलाइन पत्रिकाको समाचार हरिषलाई देखाउँदै भन्यो⸴ 'कर्मचारी कुर्सीमा नभेटिएपछि हाकिमसँग बम्किए सेवाग्राही !'"यस्तो पनि समाचार ?"
"त्यही त⸴ यता हाम्रोतिर आउनु नि पत्रकार पनि। यहाँ कुर्सीमा बस्दा बस्दा जरा पलाउन थालिसक्यो।", ठट्यौलो पारमा जवाफ फर्कायो हरिषले।"हो भन्या⸴ हैरानी पनि कति खेप्नु ? बिहान दश बजे कुर्सीमा बसेदेखि त्यही मोवाइल चलाएको छ। घरि टिकटक भन्यो⸴ घरि यूट्युव भन्यो⸴ घरि फेसबुक भन्यो।आँखै खत्तम हुने भए यो जागिरले त। ", वाक्क मान्दै भन्यो लक्ष्मणले।"
घर पायक जागिर भएको भए पो काम नहुँदा अलि छिट्टै घरतिर निस्कँदा पनि हुन्थ्यो।यताउता केही न केही घरायसी कामले निस्कनु पर्थ्यो। यहाँ त न कार्यालयमा काम छ⸴ न कुनै कामले बाहिर निस्कनु छ। डेराबाट अफिस⸴ अफिसबाट डेरा। अनि कुर्सीमा थच्चिनुको विकल्प के हुन्छ ? ज्यान कुँजिएर हैरानी।यो उर्जावान समय त्यसै खेर जाने भो।", जागिरे असन्तुष्टि पोख्यो हरिषले ।
"किन भुट्टिन्छौ केटा हो ? मस्तिले खाओ न जागिर।तिमीहरुलाई राज्यले यस्तै गर भनि पठाएको छ त⸴ के टन्टा लिन्छौ ?", अनिवार्य अवकाशका दिन गनिरहेका सुब्बासाबले सान्त्वना दिन खोजे।
प्रतिक्रिया