ताजा अपडेट »

तिलोत्तमामा एन्टी रेबिज भ्याक्सिन सेवा शुरु

आइतबार, १७ बैशाख २०८०, १४ : ४५
184 Shares
आइतबार, १७ बैशाख २०८०
184 Shares

बुटवल । तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा शुरु भएको छ। तिलोत्तमा– ६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख रामकृष्ण खाणले सेवा शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले स्वास्थ्यको क्षेत्रमा धेरै सचेतनाको अभावमा निकै समस्या देखिएको बताउँदै अब सबै सचेत रहन आवश्यक रहेकोमा जोड दिए। उनले स्वास्थ्य चौकिबाट धेरै सुबिधा थपिएको बताउँदै १५ शैयाको अस्पतालको रुपमा परिणत गरेको बताए। रेबिजरोग जुनसुकै जनावरको टोकाईबाट हुने भएकोले ज्यान भएकाले सचेत हुने पर्ने बताए । उनले अन्य क्षेत्रको भन्दा तिलोत्तमा नगरबासीको औषत आयु बढी रहेको र तिलोत्तमालाई धेरै अझै बढी हरियाली बनाउन आफु प्रतिबद्ध रहेको बताए ।

तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुब राज घिमिरेले यो सुबिधा तिलोत्तमामा शुरु भएपछी यहि उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए।शुभारम्भको अवसरमा २०० डोज आएको र आवश्यकता अनुसार अझै ब्यवस्थापन गर्ने बताए। स्वास्थ्य सेवा बिभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृती पाएर प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध भ्याक्सिन बितरण गरिने जानकारी दिए। उनले यो सेवा प्रदान गर्नको लागि यहाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको र निशुल्क सेवा प्रदान हुने बताए। उनले यो भ्याक्सिन पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो सातौ दिनमा लगाईने बताए।

स्वास्थ्य चौकीका प्रमुख ज्ञान प्रसाद पौडेलले रेबिज रोग लागेपछि मान्छे बाँच्न नसक्ने बताँउदै सतर्क रहनुपर्ने र भ्याक्सिन निकै प्रभावकारी हुने हुदाँ सोही अनुसार व्यवस्थापन गर्नुपर्ने बताए। स्वास्थ्य चौकिमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थकर्मीहरु रहेको उनले जानकारी दिए। चौकिबाट मानसिक स्वास्थ्य परामर्श सेवा, न्युनतम खर्चमा होलबोडी चेकअप लगायतका महत्वपूर्ण सेवाहरु प्रदान गर्द आएको बताए। कार्यक्रममा स्वास्थ्य चौकिका अध्यक्ष एव वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, १ अध्यक्ष पर्शुराम गिरि लगायतले बोलेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।