ताजा अपडेट »

उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दाेलन जारी राख्ने चेतावनी

आइतबार, १७ बैशाख २०८०, १४ : ४३
22 Shares
आइतबार, १७ बैशाख २०८०
22 Shares

काठमाडौं ।  उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ । 

सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर  गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उप्रधानमन्त्री खड्काबीच आइतबार छलफल भएको हो । 

रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् । सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उनले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिए । माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै उनले आइतबार बेलुकादेखि नै वार्ता हुने जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।