ताजा अपडेट »

पानी परेपछि कुवेत र ओमानबीचको खेल रोकियो

आइतबार, १७ बैशाख २०८०, १३ : ०३
60 Shares
आइतबार, १७ बैशाख २०८०
60 Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल रोकिएको छ । 

कीतिैपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो । खेल रोकिनुअघि कुवेतले दिएको १३१ रनको चुनौती ओमानले पछ्याइरहेको थियो । खेल रोकिने बेलासम्म ओमानले विना विकेटको क्षतिमा ६ ओभरको समाप्तिमा ४१ रन बनाएको छ । 
तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।