ताजा अपडेट »

प्रा.डा.आचार्यको संयोजकत्वमा नेपाली भाषा शिक्षा समाज

सोमबार, २८ पुस २०७६, १८ : ०३
22 Shares
सोमबार, २८ पुस २०७६
22 Shares

पुस २८,

ग्लोबल आवाज

बुटवल । प्रा.डा. शर्वराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय नेपाली भाषा शिक्षा समाजको तदर्थ समिति गठन भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तर्गत आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तिमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरुबाट यो समाज गठन गरिएको हो । पाठ्यक्रम, शिक्षण विधि प्रविधि लगायत विद्यालय तहको पाठ्यपुस्तक, पाठ्यक्रममा देखिएका समस्याहरुमा सरोकारवालालाई सुझाव दिनाका लागि नेपाली भाषा शिक्षा समाजको गठन गरिएको समितिका सदस्य डा. नारायण प्रसाद पन्थले बताए ।

तदर्थ समितिको सदस्यहरुमा सानोठिमी क्याम्पस, भक्तपुरका हिमलाल पुरी, भारती अधिकारी, महेन्द्ररत्न क्याम्पस, ताहाचलका डा. दुर्गा प्रसाद दाहाल, राम कुमार राई शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दिनेश घिमिरे, डा. केशव भुसाल, बुटवल बहुमुखी क्याम्पस, बुटवलका डा. नारायण प्रसाद पन्थ, गोरखा क्याम्पस, गोरखाका इन्द्र कुमारी देवकोटा, सोलुखुम्बु बहुमुखी क्याम्पसका उद्धव कुमार शर्मा, गणेशमान सिंह बहुमुखी क्याम्पस, काठमाडौँका दीपक बाबुनिरौला, सिद्धज्योति क्याम्पस, सिन्धुलीका अर्जुन दाहाल र सुर्खेत क्याम्पस, सुर्खेतका डा. हर्क बहादुर शाही रहेका छन् ।उक्त भेलाले समितिका सदस्य डा.नारायणप्रसाद पन्थलाई प्रदेश ५ को संयोजक पनि तोकेको छ। डा.पन्थ बुटवल बहुमुखी क्याम्पस,बुटवलका नेपाली भाषा शिक्षा विभागका अध्यक्ष समेत हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।