ताजा अपडेट »

नेपालले टस हारेर ब्याटिङमा, कुबेत फिल्डङमा

शनिबार, १६ बैशाख २०८०, ०९ : ०८
66 Shares
शनिबार, १६ बैशाख २०८०
66 Shares

काठमाडौं । एससी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ । किर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुबेत टस जितेर फिल्डिङ रोजेको छ । 

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो । 

नेपाल टिमः कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।