ताजा अपडेट »

बुटवल–पाल्पा सडकखण्ड दिउँसोमा खुल्ने, रातिमा भने बन्द नै रहने

शुक्रबार, १५ बैशाख २०८०, १६ : १५
29 Shares
शुक्रबार, १५ बैशाख २०८०
29 Shares

बुटवल । बुटवल–पाल्पा सडक खण्ड अबदेखि रातिमा मात्रै बन्द हुने भएको छ । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेको र यात्रुलाई सास्ती भएपछि रातिमा मात्रै बन्द गरेर काम गर्न लागि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख बन्धुप्रसाद बास्तोलाले ग्लोबल आवाजलाई बताए ।

‘निर्माण कम्पनीले त्यत्ति तदारुकताका साथ काम पनि नगरेको पाइयो । त्यसकारण बन्दै गर्नु पर्ने अवस्था नभएको पाइयो । यात्रुले सास्ती मात्रै पाएको कामको गति सुस्त रहेकाले हिजोदेखि दिउँसो बाटो खुल्ला गरिएको छ । रातिमा भने ११ देखि ४ बजेसम्म बन्द नै हुन्छ ।’–उनले भने ।

राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म साथै राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।