ताजा अपडेट »

सेयर बजार २.२७ अंकले घट्याे

विहीबार, १४ बैशाख २०८०, १५ : ३०
10 Shares
विहीबार, १४ बैशाख २०८०
10 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो ।

नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ । यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो । 

सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरि बिहिबार सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।