ताजा अपडेट »

अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

विहीबार, १४ बैशाख २०८०, १५ : ०७
80 Shares
विहीबार, १४ बैशाख २०८०
80 Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ । बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।