ताजा अपडेट »

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको दाबी पेश

विहीबार, १४ बैशाख २०८०, १३ : ४५
22 Shares
विहीबार, १४ बैशाख २०८०
22 Shares

बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका संसदीय दलका नेता समेत रहेका चौधरीले कांग्रस, माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित विहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका थिए। यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए ।

तर, प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिएनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद रहेका छन् । चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सासंदको समर्थन रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।