ताजा अपडेट »

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

विहीबार, १४ बैशाख २०८०, १२ : ४१
38 Shares
विहीबार, १४ बैशाख २०८०
38 Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनसबापतको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता सेयर,डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनसबापतको १३ लाख ८७ हजार ४ सय ९८ दशमलब ३३२८ कित्ता सेयर र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसबापतको ४१ लाख ७० हजार ५ सय ४७ दशमलब ५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।