ताजा अपडेट »

तारागाउँ रिजेन्सी होटल्सको साधारणबाट ६ जना सञ्चालक नियुक्त

विहीबार, १४ बैशाख २०८०, १२ : ०८
111 Shares
विहीबार, १४ बैशाख २०८०
111 Shares

काठमाडौं । वैशाख १० सम्पन्न भएको २६ औं वार्षिक साधारणबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नियमावलीको व्यवस्था बमोजिम विभिन्न समूहबाट सञ्चालक नियुक्त गरेको छ । सञ्चालक नियुक्त सम्बन्धी जारी गरेको सूचना अनुसार कम्पनीले संस्थापक लगानीकर्ता समूह “क” तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ता समूह “ख” बाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफ र कम्पनी ऐन, २०६३ को दफा ८६ (३) तथा कम्पनीको नियमावलीको व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकमा श्रीवत्स शमशेर जबरा र मनोजप्रसाद राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।