ताजा अपडेट »

सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

बुधबार, १३ बैशाख २०८०, १४ : ०३
24 Shares
बुधबार, १३ बैशाख २०८०
24 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् । 

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै  अन्त्य गर्ने विषयमा छलफल भएको हो । 

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।