ताजा अपडेट »

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट

बुधबार, १३ बैशाख २०८०, १३ : ११
52 Shares
बुधबार, १३ बैशाख २०८०
52 Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्मको लागि ऋणपत्र बिक्री गरेको थियो । बैंकले १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो । 

बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरिएको हो । 

सामूहिक लगानी कोषहरुका लागि २० हजार कित्ता ऋणपत्र छुट्याइएको र बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको थियो । बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एशिया बैंक लिमिटेडका अनुसार वैशाख १२ गते ऋणपत्र बाँडफाँट गरिएको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।