ताजा अपडेट »

सुनको भाउ बढ्दा घट्यो चाँदी

बुधबार, १३ बैशाख २०८०, ११ : २८
38 Shares
बुधबार, १३ बैशाख २०८०
38 Shares

काठमाडौं। बुधबार सुनको भाउ नेपाली बजारमा बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 
मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भएको थियो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।