ताजा अपडेट »

आदिपुरुषको प्रमोसनमा हुने छैनन् सैफ

बुधबार, १३ बैशाख २०८०, १० : ३१
51 Shares
बुधबार, १३ बैशाख २०८०
51 Shares

मुम्बई । निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निभाउने अभिनेता सैफ अली खान मेबाट सुरु हुने फिल्मको प्रचारमा नहिँड्ने भएका छन् । प्रमोसनको सबै काम प्रभासले गर्ने भएपछि सैफ पछि हटेका हुन् ।

फिल्म स्रोतका अनुसार प्रमोसनको योजना सानो तरिकाले गरिनेछ । फिल्म युनिटले प्रभासलाई नै लक्षित गर्दै प्रमोसनको कार्यक्रम बनाएको छ । प्रमोसनका लागि मे महिनामा आफू तयार रहने प्रभासको योजना अनुरुप प्रमोसन तालिका पनि बनाइएको छ ।

सैफ मेमा पत्नी करिना र दुई छोरा तैमूर तथा जेहका साथ बिदा मनाउन जाँदैछन् । यहीकारण फिल्मको प्रमोसनमा उनी हिस्सा हुने छैनन् । सैफले आफ्नो विवादास्पद फिल्मी चरित्रबारे उठ्ने प्रश्नबाट बच्नका लागि रणनीति बनाएको उनी निकटले दाबी गरेका छन् ।यो फिल्म गत जनवरीमा रिलिज हुने तयारमिा थियो । तर फिल्मको टिजर रिलिज हुनासाथ यसको आलोचना सुरु भयो । त्यसपछि निर्माताले यसको रिलिज मिति सारेका थिए । कतिपयले फिल्मको भीएफएक्स पुनः गर्नुपर्ने भएकाले पनि रिलिज सारिएको बताएका थिए ।

यो फिल्म अब जुनमा रिलिज हुँदैछ । फिल्ममा प्रभासका अलावा कृति सेनन, सनी सिंिहको पनि अभिनय छ । यो फिल्म बलिउडको ठूलो बजेटको फिल्ममध्ये एक हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।