ताजा अपडेट »

कृषि फर्ममा रमाउँदै छपियाका दुई युवा

मंगलबार, १२ बैशाख २०८०, १६ : २५
158 Shares
मंगलबार, १२ बैशाख २०८०
158 Shares

बुटवल । पछिल्लो समय स्वदेशमा रोजगारीको अवसर र लगानी गर्ने वातवरण नभएको भन्दै विदेश जाने युवाहरुको संख्या बढ्दो छ । तर, गर्ने हो भने स्वदेशमै सफल भइन्छ भन्ने गतिलो उदाहरण बनेका छन् रुपन्देहीको सियारी गाउँपालिकाका साजन पाण्डे र सुनिल तिवारी । बाल्यकालदेखिकै साथि रहेका यी युवाले स्नातकसम्मसँगै अध्ययन गरे ।

सानैदेखि नै स्वदेशमै केहि गर्नु पर्छ भन्ने सोचमा थिए पाण्डे र तिवारी । २८ वर्षका साजन पाण्डेले करिब ८ वर्षसम्म स्टोर असिस्टेण्टको रुपमा काम गरे भने २७ वर्षका तिवारीले पनि ५ वर्षसम्म विभिन्न कम्पनीको माकेर्टिङ गरे । फरक फरक क्षेत्रमा काम गर्ने भएतामा पनि मिलेर स्वेदशमा नै सानै भए पनि व्यवसाय गर्ने विषयमा कुराकानी गरि रहन्र्थे । सानैदेखिको स्वदेशमै केही व्यवसाय गर्ने सोच अनुरुप १ वर्ष अघि कृषि फर्म खालेको उनीहरु बताउँछन्।

‘पहिलादेखि नै स्वदेशमै मिलेर सानो भए पनि व्यवसाय गर्ने योजनामा थियौँ । जस अनुरुप नै हामी दुई मिलेर १ वर्ष अघिदेखि सियारी गाउँपालिका ५ स्थित बैधौलिमा आधा करोडको लगानीमा दुर्गा कृषि फर्म संचालन गरिरहेका छौँ ।’– फर्मका संचालक सुनिल तिवारीले भने ।
कृषि फर्म साढे ५ विघा ४ कठ्ठामा जग्गामा फैलिएको छ । र्फममा अहिले भैँसी, गाई, ब्राखा, लोकल कुखुरा र माछा रहेका छन् । माछा पोखरीमा १० हजार बढी भुरा छाडिएको छ । २ विघा ४ कठ्ठा जग्गा १० वर्षका लागि लिजमा लिएका हुन् । १७ कठ्ठामा घाँस लगाएका लगाएका छन् भने ६ वटा पोखरीमा माछा छन् । बाँकी जग्गामा भैसी, ब्राखा र लोकल कुखुरा छन् ।

‘फर्ममा १६ वटा भैँसी, ८० वटा बा्रखा र १५० बढी लोकल कुखुराहरु र माछा पोखरीमा १० हजार बढी माछाका भुरा छन् ।’–पाण्डेले भने । पहिला नै कृषि फर्म संचालन गर्ने सोचमा रहे पनि कोरोना र लगानीको व्यवस्थापन नहुँदा केही ढिलाई भएको भएको उनीहरु बताउँछन् । आफुहरुले काम गर्दा कमाएको केही पैसा र घरपरिवारको सहयोग र लघु वित्तबाट ऋण लिएर कृषि फर्म संचालनमा गरेको साजन पाण्डे बताउँछन् । ‘व्यवसाय गर्ने भनेर मात्रै त भएन् । त्यसका लागि त लगानीको पनि आवश्यकता पर्ने नै भयो । केही पैसा त हामीहरुले काम गर्दाको पनि जोगाएर राखेका थियो । घरपरिवारले पनि कृषि फर्म खोल्छौँ भनेपछि सक्दो सहयोग गर्नु भयो। नपुगेको अन्य रकम लघु वित्तबाट ऋण लिऔँ ।’– पाण्डेले भने।

अहिलेसम्म १६ लाख बराबरको माछा, २ लाखका बा्रखा, १२ लाखको दुध र १ लाख ५० हजार बराबरको कुखुरा हा्रस र अण्डा विक्रि गरेको फर्मका संचालक पाण्डे बताउँछन् । ‘छोटो समयमा नै हामीहरुले सोचे भन्दा पनि बढी सफलता पाएका छौँ । माछा, ब्राखा, दुध, कुखुरा हाँस गरी ३१ लाख बराबरको कारोबार गरिसकेका छौँ । दैनिक ५०/५५ लिटर दुध बेचिरहेका छौँ ।’–उनले भने ।

आफुहरुले फर्म संचालन गरेको १ वर्ष भए पनि अहिलेसम्म पालिकाले केही पनि सहयोग नगरेको गुनासो गर्छन्, संचालक सुनिल तिवारी । ‘पालिकाको कार्यालयबाट हाम्रो फर्म धेरै टाढा त छैन् । अहिलेसम्म पालिकाबाट हामीलाई सहयोगको कुरा त धेरै परको कुरा भयो हौसला दिन समेत केही पनि आउनु भएको छैन् ।’– तिवारीले भने ।

फर्ममा ब्राखा, भैसी, कुखुरा र माछा बढाउने तयारीमा रहेको संचालनक पाण्डे बताउँछन् । साथै केही समय पछि होम स्टे संचालन गर्ने योजनामा रहेको उनले बताए । र्फममा अहिले २ जनाले रोजगारी समेत पाएका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।