ताजा अपडेट »

सुनको भाउ बढ्याे, चाँदी स्थिर

मंगलबार, १२ बैशाख २०८०, ११ : ५३
46 Shares
मंगलबार, १२ बैशाख २०८०
46 Shares

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ।

यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।