ताजा अपडेट »

न्यूजिल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक पुरुष पक्राउ

सोमबार, ११ बैशाख २०८०, १७ : ४८
61 Shares
सोमबार, ११ बैशाख २०८०
61 Shares

बुटवल । न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । धादिङ निलकण्ठ नगरपालिका–३ पुछारबजार घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि न्यूजिल्याङ पठाई प्रतिष्ठित होटलमा १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ५ लाख ६ हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा बानियाँटारबाट पक्राउ गरेको हो । गुरुङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।