ताजा अपडेट »

बारा-२ अपडेट : शिवचन्द्र कुश्वाहाको अग्रता कायमै

सोमबार, ११ बैशाख २०८०, १७ : ०५
41 Shares
सोमबार, ११ बैशाख २०८०
41 Shares

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राखेका छन् । 

करैयामाई नगरपालिका–१, २ र ३ को सबै गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहले अग्रता कायमै राखेका हुन् । कुश्वाहाले १ हजार १४६ मत ल्याएर अग्रता लिँदा जसपा अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७  मत प्राप्त गरेर पछ्याइरहेका छन् । 

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आमजनता पार्टीको अरुण ज्ञावालीले  ११४ मत ल्याएका छन् । बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।