लमजुङ । लमजुङ प्रदेशसभा क बाट निर्वाचित प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा लमजुङ प्रदेशसभा ख बाट गण्डकी प्रदेश सभामा चुनिएका पौडेलले सोमबार खर्च विवरण सार्वजनिक गरेका हुन् ।पत्रकार सम्मेलन गरेर उनले खर्च विवरण सार्वजनिक गरेका हुन् । सवारीसाधन बाँड्दा शीर्षकमा १ लाख ३४ हजार रुपैयाँ, इन्धन शीर्षकमा ७७ हजार ६ सय १५ रुपैयाँ ,खाना तथा खाजा कालागि १ लाख ४४००० रुपैयाँ, झण्डा तथा ब्यानर निर्माणको लागि १ लाख ८२ हजार २०० रुपैयाँ र पर्चा पम्प्लेटमा तीन लाख ४४२०० गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
साेही विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । खर्चको विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र बुझाउनुपर्ने प्रावधान भए पनि अधिकांश उम्मेदवारहरुले अहिलेसम्म खर्च सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया