ताजा अपडेट »

ट्रोलरसँग किन डराउँछन् सुनील शेट्टी ?

सोमबार, ११ बैशाख २०८०, १५ : १८
22 Shares
सोमबार, ११ बैशाख २०८०
22 Shares

मुम्बई । अभिनेता सुनील शेट्टी बलिउडका प्रतिभावान अभिनेतामा पर्छन् । उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । बलिउडका यी एक्सन हिरो सामाजिक सञ्जालको ट्रोल्सबाट निकै डराउँछन् ।

उनले एक शोमा आफू किन डराउँछन् भन्ने कुराको पनि खुलासा गरेका छन् । ‘द रणवीर शो’मा रणवीर अल्लाहबादियासँगको अन्तरवार्तामा सुनीलले आजको समयमा सामाजिक सञ्जालको विषयमा खुलेर कुराकानी गरेका थिए । ‘आजको समयमा सामाजिक सञ्जालमा कुनै गोपनीयता छैन । यसले तपाईको जीवनको अन्त्य गरिदिन्छ । एक वाक्यलाई १५ फरक–फरक तरिकाले सम्पादन गरिन्छ । १५ किसिमले प्रस्तुत गरिन्छ । जसकारण हाम्रो जीवन नष्ट गरिदिन्छ । त्यहीकारण यी कुरामा म बोल्न डराउँछु’, सुनीलले भनेका छन् ।

उनले आफूहरुलाई बौद्धिक बन्न बाध्य बनाएको उनको कथन छ । ‘किनकी तपाईंले मलाई त्यो कुराका लागि फरक किसिमले प्रस्तुत गरिरहनु भएको छ, जुन कुरा म गर्न चाहदिनँ । म ट्वीटर र फेसबुकमा पनि यी कुरा बुझ्दिनँ । मलाई मेरो परिवारलाई गाली गर्नु, मेरी छोरीलाई अपशब्द बोल्नु, मेरो आमालाई बोलाउनु । के कारणले हो यस्तो ? यी सबै कुराले मलाई दुःखी बनाउछ । किनकी म पुरानो शिक्षाबाट आएको हुँ’, उनले भनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।