उपेन्द्र सुब्बा रुचाइएका कवि हुन् । नेचुरल अभिनय पस्कन सक्ने दयाहाङ राई पछिल्लो समय नेपाली सिने जगतमा सर्वाधिक रुचाइएका अभिनेता हुन् । रुचाइएका कलाकारले अभिनय गरेको र कविले लेखन तथा निर्देशन गरेको चलचित्र राम्रो छ भन्ने सोचेर नयाँ वर्षको दोस्रो दिन हलमा पुग्ने साइत जुर्यो । मसंगै पहिलोपटक फिल्म हल प्रवेश गरेकि बहिनी अपेक्षा पनि थिइन् । जारीप्रथाको कथावस्तुमा आधारित चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ । पूर्वी नेपालको भूगोल र लिम्बू समुदायको संस्कृतिभित्रको बिवाह प्रथा, पारिवारिक सम्बन्धको उतारचढाव र छोरी मान्छेहरु कसरी जालमा पर्छन् भन्ने कुरालाई विम्बात्मक रुपमा चलचित्रमा भेटाउन सकिन्छ । चलचित्रमा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।
जारीमा गाउँले सेरोफेरो, मेलाको रौनक, लिम्बू भेषभूषा र विभिन्न परम्परालाई इमानदारीपूर्वक देखाइएको छ । जारीका पात्रहरू बाहिरी दुनियाँसँग बेखबर देखिन्छन् । लाग्छ, यो अलग बस्तीको कथा हो । देशको राजनीतिक उतारचढाव र अन्य सामाजिक परिवेशबारे जारी बेखबर देखिन्छ । पात्रहरू प्रायः निराश र आक्रोशमा देखिन्छन् । उनीहरू सामाजिक मूल्यमान्यताका कारण जारीुप्रथा मान्न बाध्य छन् । चलचित्र त्यही प्रथाले निम्त्याएका अप्ठ्यारा र जटिलता वरिपरि घुमेको छ ।
कथानकमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा मिरुनालाई सन्तान नजन्माएको आरोप लग्दा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् । रोयदीप पक्षले जारी नबुझाउन्जेल मिरुना दयाहाङकै घरमा जान्छीन् । दयाहाङले गर्न खोजेका दोस्रो विवाहका प्रयास असफल हुन्छन् । दोश्रो हाफमा दयाहाङकी आमा बितेपछि दयाहाङ र मिरुनाको प्रेम सम्बन्धको बिकासक्रम हेर्दा हरेक प्रेमिल मनलाई छुन्छ । भावुक बनाउँछ । जारी बुझाएर आफ्नी चेलीलाई माइती लगे पनि पछिल्लोपटक झाङ्गिएको दयाहाङ मिरुनाको प्रेमकासामु न त रोयदीप सफल भए न त मिरुनाका माइती पक्ष । अन्ततोगत्वा मिरुना दयाहाङ बाबुआमा बन्छन् । अभिनयमा दयाहाङको बयान गर्नै परेन । तर मिरुनाले एकदमै कम बोलेर पूरा कथा नियन्त्रणमा राखेको देख्दा पुरानी कलाकार गौरी मल्लको स्मरण हुन आउँछ । कथामा आँसु र खुकुरीको युद्ध चल्छ । रिस, घमण्ड, आवेग र पिटापिटबाट सुरु भएको कथा प्रेम र स्नेहमा गएर टुङ्गिन्छ । बीचमा धेरै आँसु बग्छन् । बिचबिचमा दर्शकहरुले आँसुमा आँसु थप्छन् ।
जारी राम्रो छ, राम्रो मात्रै होइन धेरै राम्रो छ । तर सबैलाई राम्रो नलाग्न पनि सक्छ मेरै छेउ बसेका एक दर्शकले चलचित्र हेर्दा हेर्दै निद्रा लाग्यो, भिडियोमा क्वालिटी नै छैन, ट्रेलरमा आएका सबै दृश्य मध्यान्तर पूर्व सकिए अब घर गए पनि हुन्छ । भन्दै थिए । उज्यालो, चम्किलो दृश्य मात्रै क्वालिटी होइन गाउँघर, चाड पर्व, संस्कृति (लिम्बु संस्कृति)को मीठो वास्तविक वास्ना आएको छ यहीँ हो चलचित्रको क्वालिटी, कुनै पनि सिन झारा टार्नेगरी खिचिएको छैन । हरेक सिन साँचै जस्तो लाग्छन् । चलचित्रमा खिचाइ, रंग संयोजन, संगीत र सेटिङले मौलिकता झल्किएको छ । यथार्थलाई जस्ताकोतस्तै उतारिएको छ । कलाकारहरुले चलचित्रमा खेलेको भन्दापनि चलचित्र जिएका छन् । यो भन्दा जीवन्त अभिनय अरु हुन्छ र रुु भन्ने मन थियो । तर एक चलचित्र जारी हेर्न सयौं आफ्नै जिन्दगीको चलचित्र लिएर आएकाहरुको भिडमा आ(आफ्नै अनुभूति हुनु स्वभाविक हो । त्यो भीडमा अनेक पृष्ठभूमि, दर्शन र कलाचेतका दर्शक हुन्छन् । सबैको आ(आफ्नो जिन्दगी छ । सयौं आँखा र सयौं कथाले एउटै कथा हेरिरहँदा उत्पन्न भाव एउटै नहुन सक्छ । हुनुहुँदैन । तर सारमा चलचित्र उम्दा छ । कथाले मन च्वास्स छुन्छ । कथाले तान्छ । सायद दोस्रो हाफमा ती मेरा छिमेकी दर्शकलाई कथाले तान्यो उनी अरुसंगै हाँसउठ्दा दृश्यमा गम्भीर भएर हेरिरहेका थिए । अन्य कोही गम्भीर दृश्यमा हाँसिरहेका थिए । कतिबेला भीडमा सन्नाटा थियो । कोही कुर्सीमा उफ्री (उफ्री छाती पिटेर हाँसिरहेका थिए । सबै दृश्यले सबैलाई एउटै प्रभाव पार्दैन रहेछ ।
‘मेरो घरमा न त भैँसी ब्याउँछ न त मान्छे ।’ यो संवादबाट चलचित्र सुरु हुन्छ । महिलालाई पशुसंग तुलनाले पितृसत्तात्मक मानसिकता देखाउँछ । बिना हिचकिचावट महिलालाई ुथारोु भन्ने चलचित्रका पुरुषलाई अरू कसैले ‘नामर्द’ भन्दा खुकुरी हान्न तयार हुन्छन् । हाम्रो समाजमा यति सम्म गलत भाष्य खडा गरिएको छ कि बच्चा नहुनुमा महिलाको मात्रै दोस हुन्छ र बच्चा नजन्माउनु वा जन्माउन नसक्नु भनेको महिला हुनुको परिचयबाट विमुख हुनु हो । चलचित्रका पात्रहरू प्रायः निराश र आक्रोशित देखिन्छन् । उनीहरू जारी प्रथाबाट पीडित छन् तर सामाजिक मूल्य(मान्यताका कारण प्रथा मान्न बाध्य छन् । सबैजसो नेपाली समाजमा कुरीति र कुप्रथा हुन्छन् । जहाँपनि पीडित हुने प्रायः महिला हुन । चलचित्रमा पनि महिलाहरू पीडित छन् । यो सत्य हो कि, महिला पीडित हुने समाजमा पुरुषहरू पनि कहिल्यै खुसी हुन सक्दैनन् । नारी पुरुष सहअस्तित्व बिनाको समाज सधैं दुस्खी हुन्छ । ‘जारी’का पुरुषहरू खुसी छैनन् । उनीहरु लज्जित छन् । नेपाली महिलाहरू घरेलु हिंसाको चङ्गुलबाट निस्कन सक्दैनन् तर प्रयास जारी राखेका छन् । जारी सामाजिक भेदभावको उदाहरण हो ।
चलचित्रमा केही केही कुरामा स्पस्ट हुन सकिएन जस्तो वार्तालापमा प्रयोग भएका लिम्बू भाषाका शब्दको अर्थ के हो रु त्यहाँ कतै सबटाइटल उल्लेख छैन । धेरै जसो वाक्यमा लिम्बू र नेपाली शब्द मिश्रित छन् । भाषा बुझिएन तर सुन्दा मजा लाग्ने । कहिलेकाही सबटाइटल पढ्नेतिर लाग्दा भाषा र दृश्यमा समेत खासै ध्यान जाँदैन । उनीहरू जस्तो बोल्छन्, त्यस्तै सुन्नुपर्छ । कतिपय भाषा शब्दले मात्र बुझ्नुपर्छ भन्ने छैन । वास्तविक जीवनमा सबटाइटल हुँदैन । नेचुरल हुन्छ । चलचित्रमा प्रयोग भएका ‘कविता’हरू सबै बुझ्न सकिएन । सबै अर्थ बुझ्न पाएको भए कस्तो हुनेथियो होला रु नबुझे पनि सुन्दा आनन्दचाहिँ लाग्यो । यो कुन समयको कथा हो रु अहिले कि पहिलो रु त्यो परिवेश, भौगोलिक क्षेत्र संग अपरिचित म जस्तालाई अन्योल भयो । सबै पात्रहरु देखेर लेखकले कथा लेखेका हुन कि कथाले तानेर सुहाउँदा पात्रले जिवन्त अभिनय गरेका हुन रु छुट्याउन सकिएन यो त मेरो कमजोरी हो तर यो नै उत्कृष्ट कलाको नमुना हो ।
जारीका पत्र दयाहाङ जस्ता पुरुषमा आउने परिवर्तनको कथा पनि हो । अहंकारी, विषाक्त पुरुषत्व समयक्रममा कोमल हृदय भएर निस्कन्छ भन्ने उदाहरण हो । दम्भ र घमण्डको मृत्यु हुने कुरा यो चलचित्रको प्रमुख मर्म हो । मानिसले सुध्रिने मौका पाउनु पर्छ भन्ने विषयमा चलचित्रले वकालत गर्छ । तर अपराधीलाई मौका दिनुपर्छ भन्ने मेरो अभिप्राय पटक्कै होइन । यो छुट्टै बहसको विषय हो । यो चलचित्र हेरेपछि कोही न कोही समस्याग्रस्त पुरुषको मन बदलिनेछ, सोच बदलिनेछ । मनमा माया र समभावका ढोका पक्कै खुल्नेछन् ।
यो छुटाउनै नहुने चलचित्र हो । सपरिवार संगै बसेर हेर्नुपर्छ । नहेरे पछुताउनु पर्नेछ । कविले लेखेको कथा, संवादमा उक्ति र दर्शनहरुको विम्वात्मक उपयोग सुन्दा र हेर्दा वास्तवमा कवि मन नजिकैबाट नियाल्ने यो अवसर पनि हो । यो चलचित्रमा धेरै मिहिनेत गरिएको देखिन्छ । यो नेपाली अर्गानिक कलाको नमुना हो । समय समयमा यस्तै चलचित्रको स्वाद चाख्ने अवसर जारी होस् । “जारीलाई” धेरै धेरै शुभकामना ।
प्रतिक्रिया