ताजा अपडेट »

चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव

आइतबार, १० बैशाख २०८०, १३ : १४
26 Shares
आइतबार, १० बैशाख २०८०
26 Shares

चितवन, । चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा  भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो । 

उम्मेदवार लामिछानेको पक्षमा उनका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । 

लामिछानेका समर्थकको नाराबाजी र प्रहरीको बल प्रयोगले केहीबेर सो मतदानस्थलमा तनाव सृजना भएको थियो । अहिले स्थिति सामान्य रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।